डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सिईओमा मन्जिला डंगोल नियुक्त

0
Shares

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले प्रमुख कार्यकारी अधिकृत पदमा मन्जिला डंगोललाई नियुक्त गरको छ ।

व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालिन सनराइज बैंक, तत्कालिन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिव १५ वर्ष कार्य गरेको अनुभव रहेको छ ।

अनुसंधान तथा बिकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौंला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने विश्वास एशोसिएसनले लिएको छ ।

आफ्नो सचिवालयलाई थप स्रोतमूलक बनाउनेक्रममा प्रमुख कार्यकारी अधिकृत पदको दरवन्दी सिर्जना गरेको एशोसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने लक्ष्य लिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।