मुक्तिनाथ कृषि कम्पनीको सेयरकाे लकइन पिरियड जेठ १८ देखि सकिँदै

मुक्तिनाथ कृषि कम्पनीको सेयरकाे लकइन पिरियड जेठ १८ देखि सकिँदै

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता सेयरको लकइन अवधि आगामी जेठ १८ गते समाप्त हुने भएको छ । सामूहिक लगानीकोष (म्युचुअल फन्ड) को स्वामित्वमा रहेको यी शेयरको लइकन ६ महिनापछि सकिने लागेको हो ।

कम्पनीले आईपीओ जारी गर्दा सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता सेयरको लकइन अवधि जेठ १८ गते सकिने कम्पनीले जनाएको हो ।

धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अनुसार आईपीओ जारी गर्दा सर्वसाधारणतर्फको सेयरमा आरक्षणमा पाएका सामूहिक लगानीकोषको स्वामित्वमा रहेने ५ प्रतिशत सेयर सर्वसाधारणमा बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा रहने व्यवस्था रहेको छ । सोही अनुसारको समय सकिन लागेको हो । आगामी जेठ १८ गते उक्त साधारण सेयर बाँडफाँड भएको ६ महिना पुग्दैछ ।

कम्पनीले आम सर्वसाधारणका लागि २०८० मङ्सिर ८ देखि १२ गतेसम्म आईपीओ निष्काशन गरेर मङ्सिर १९ गते बाँडफाँड गरेको थियो । लकइन अवधि समाप्त भएपछि २०८१ जेठ २० गते आइतबारदेखि यी सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार १५ : ५६ बजे