जलेश्वर भन्सारबाट ९ महीनामा २ अर्ब ३५ करोड राजश्व सङ्कलन, लक्ष्यको ८४% मात्रै उठ्यो

जलेश्वर भन्सारबाट ९ महीनामा २ अर्ब ३५ करोड राजश्व सङ्कलन, लक्ष्यको ८४% मात्रै उठ्यो

महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०–८१ को ९ महीनामा २ अर्ब ३५ करोड ९१ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म २ अर्ब ३५ करोड ९१ लाख २८ हजार राजश्व सङ्कलन गरेको बताए । सो अवधिमा २ अर्ब ८० करोड ८४ लाख ७७ हजार ८०९ रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेको थियो । आयात तथा निर्यातमा भएको कमी र विश्वव्यापी आर्थिक आर्थिकमन्दीका कारण राजश्व निर्धारित लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको गुप्ताको भनाइ छ ।

त्यसैगरी भारत सरकारले प्याज लगायत अन्य सामानको आयातमा लगाएको प्रतिबन्धका कारण पनि राजश्व सङ्कंलनमा समस्या आएको समेत उनले बताए ।

सङ्कलित राजश्वमध्ये पेट्रोलियम पदार्थवाट ५३.९१ प्रतिशत अर्थात १ अर्ब ३५ करोड, कोइलाबाट ८.३०, आलुबाट चार दशमलव तीन, चामलबाट तीन दशमलव दुई, मिठा ९गुड० बाट दुई दशमलव तीन, सेरामिक्स तथा टायलवाट एक दशमलव १४, स्याउवाट शून्य दशमलव ६१, मसालाबाट एक दशमलव ७५, प्याजबाट शून्य दशमलव ४९, धानबाट शून्य दहमलव ५७ तथा अन्य सामानवाट एक दशमलव १४ प्रतिशत राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी विभिन्न मितिमा पक्राउ गरिएका सामानहरूको लिलामीबाट २ करोड ६६ लाख ८८ हजार राजश्व सङ्कलन भएको पनि तथ्याङ्मा उल्लेख छ ।

भन्सार विभागले चालु आवमा ३ अर्ब ७३ करोड २३ लाख ६२ हजार ६८७ रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तोकेको र सो लक्ष्यबमोजिम राजश्व सङ्कलन गर्ने विश्वास रहेको सूचना अधिकारी गुप्ताको भनाइ छ । सो कार्यालयअन्र्तगत रहेका छोटी भन्सार कार्यालयबाट पनि लक्ष्यभन्दा कम राजश्व संकलन भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार १८ : ३६ बजे