सिईडिबि हाइड्रोपावरको सेयर मूल्य समायोजन

0
Shares

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनसमा सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुधबारदेखि बैशाख ३१ गतेसम्म कम्पनीले बुकक्लोज तोकेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।

प्रस्तावित चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर समायोजनपछि नेप्सेले प्रतिकित्ता ७२९ रुपैयाँ ७३ पैसा तोकेको छ। मंगलबार कारोबार भएको अन्तिम मूल्य ८१० रुपैयाँका आधारमा बोनस सेयर समायोजन भएको हो । अब कम्पनीको सेयर बिहीबार समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ ।

सभाले चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ११ प्रतिशतले हुन आउने ९ लाख २३ हजार ३५१ कित्ता बोनस सेयर र कर प्रयोजनका लागी चुक्ता पुँजीको ०.५७८९ प्रतिशतले हुन आउने ४८ लाख ५९ हजार ३४४ रुपैयाँ ४९ पैसा नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले बैशाख ३१ गते, सोमबार, नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा साधारण सभा बोलाएको छ । सभा बिहान ८ बजे सुरु हुनेछ । यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

बुकक्लोज अनुसार बैशाख १८ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।