सिवाईसी नेपाल लघुवित्तको नाफा २ करोड ८० लाख बढी

0
Shares

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६३.४० प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । खराब कर्जा घटेपछि लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा २ करोड १८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रति सेयर आम्दानी १० रुपैयाँ ९३ पैसा रहेको छ ।

चुक्ता पुँजी रहेको २६ करोड ६४ लाख २४ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ३१ करोड १ लाख रुपैयाँ सञ्चित छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ४ अर्ब ९८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १७.९९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १५.८८ प्रतिशत बढेको छ । लघुवित्तको इम्पेरमेन्ट चार्ज ५ करोडबाट घटेर ५४ लाखमा सीमित भएको छ । यसले गर्दा लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ९.८४ प्रतिशतबाट घटेर ४.७४ प्रतिशतमा झरेको छ ।

लघुवित्तको सञ्चालन मुनाफा २९१.०६ प्रतिशत बढेर ३ करोड ४० लाख ५० हजार रुपैयाँ पुगेको छ ।

नाफा बढेसँगै लघुवित्तको वार्षिक प्रति सेयर आम्दानी पनि बढेर १४ रुपैयाँ २ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रति सेयर नेटवर्थ २१६ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात १२३.०५ गुणा रहेको छ । चैत मसान्तसम्ममा लघुवित्तको आधारदर १७.७७ र कस्ट अफ फन्ड ९.४१ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।