पुराना वर्षको लाभांश बुझ्न हिमालयन डिष्टिलरीको आग्रह

पुराना वर्षको लाभांश बुझ्न हिमालयन डिष्टिलरीको आग्रह

हिमालयन डिष्टिलरी लिमिटेडले पुराना वर्षको लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको छ । केहि सेयरधनीहरुले बुझी लिन बाँकी रहेकोले यो बाँकी रहेको नगद लाभांश बुझी लिन कम्पनीले सूचना प्रकाशन गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७२–७३ देखि आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय भए बमोजिमको लाभांश रकम कम्पनीका सेयरधनीहरुले अझैपनि नबुझेका हुन् ।

कम्पनीले सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र कम्पनीका सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाण्डौमा सम्पर्क गरी आफूले बुझी लिन भनेको छ ।

सो अवधि पश्चात् पनि नगद लाभांशको रकम बुझि नलिएमा कम्पनी ऐन, २०६३ को दफा १८२ (९) बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ । सेयरधनीहरुको बुझी लिन बाँकी रहेको रकम कम्पनीको वेवसाइटमा राखिएको जनाइएको छ ।

यस्तो छ हिमालयन डिष्टिलरीले आर्थिक वर्ष २०७२–७३ देखि आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको नगद लाभांश:-

S.N. Fiscal Year Cash Dividend(%) Total Dividend(%)
1 2072/2073 20.00 20.00
2 2073/2074 21.05 21.05
3 2074/2075 68.42 68.42
4 2074/2075 21.05 21.05

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ बैशाख २०८१, शुक्रबार १८ : २३ बजे