सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट वितरण गरेको नगद लाभांश वितरण गरेको छ ।
कम्पनीले चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने १३ करोड ११ लाख ३१ हजार ९१० रुपैयाँ नगद लाभांश वितरण गरेको हो ।
लाभांशमा लाग्ने कर कट्टी गरी साधारण सभाका लागि तोकिएको बुकक्लोज मितिको अघिल्लो कारोबार दिन २०८० चैत १२ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सम्बन्धित सेयरधनीाको हितग्राही खातामा उल्लेखित बैंक खातामा आईपीएस मार्फत नगद लाभांश जम्मा गरिएको हो ।
कम्पनीको २०८० फागुन १४ गते सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सो लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको चैत २७ गते सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
