पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत आवको यस अवधिसम्म १ करोड १५ लाख १३ हजार खुद नाफामा रहेको कम्पनीको नाफा ८५ प्रतिशतले बढेको हो ।
कम्पनीको नाफा केही बढेको भएपनि सञ्चित नोक्सानी घटेपछि प्रतिसेयर नेटवर्थ भने घटेको छ । गत आवको यसै अवधिमा ८५.२५ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ चालु आवको यसै अवधिमा ८५ रुपैयाँ २ पैसा छ ।
कम्पनीको विद्युत विक्री आम्दानी २.२० प्रतिशत घटेर २९ करोड २० लाख ६४ हजार रहेको छ। गत आवको यसै अवधिमा २९ करोड ८६ लाख २५ हजार थियो ।
कम्पनीले गत आवको यस अवधिमा व्यवस्थापकिय तथा अन्य शीर्षकमा २५ करोड ९ लाख ८९ हजार खर्च गरेकोमा यस वर्ष २३ करोड ६४ लाख २३ हजार रुपैयाँ मात्र खर्च गरेको हो । यस्तै आयोजनाको सञ्चालन खर्च ३ करोड ६९ लाखबाट घटेर ३ करोड ५१ लाखमा झरेको छ ।कम्पनीले ११ लाख ३१ हजार बराबरको अन्य आम्दानी गरेको छ ।

चुक्ता पुँजी १ अर्ब १० करोड रहेको कम्पनीको जगेडा कोष रकम १६ करोड ४७ लाख ३७ हजार ऋणात्मक छ । कम्पनीको कुल दायित्व रकम गत वर्षभन्दा करिब ४ प्रतिशत घटेर २ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रति सेयर आम्दानी वार्षिक २ रुपैयाँ ५८ पैसा छ ।
कम्पनीले १ अर्ब ३१ करोड १२ लाख सेक्युड लोन, ३६ करोड ३५ लाख अनस्यूर्ड लोन र ६० लाख अल्पकालीन कर्जा उपयोग गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
