बुधबार साढे २ अर्बको धितोपत्र खरिद बिक्री, फाइनान्स र लघुवित्तका सेयरमा उच्च आकर्षण

0
Shares

सेयर बजारमा बुधबार लगानीकर्ताको आकर्षण फाइनान्स र लघुवित्त कम्पनीका सेयरमा देखिएको छ । काराेबारमा तेजी छाउन नसककाे बजारमा ठूला र धेरै बजार पुँजीरकण भएका कम्पनीलाई पछि पार्दै न्यून सेयर पुँजी भएका कम्पनीको कारोबार अग्र स्थानमा देखिएको हो ।

बुधबार कारोबार रकम, संख्या र सेयरमूल्य बढ्ने सबैतर्फ यी दुई क्षेत्रका कम्पनीले स्थान बनाएका छन् । फाइनान्स उपसमुहगत सूचक आज ३.११ प्रतिशतले बढेर २१४५.२५ बिन्दुमा तथा लघुवित्त २.७६ प्रतिशतले बढेर ४३१७.७२ बिन्दुमा पुगेको छ । यस्तै ब्यापार र हाइड्रोपावर पनि सामान्य सकारात्मक रह्यो । घटेका ९ उपसमुहगत सूचकमध्ये आज अन्य सर्वाधिक १.१५ प्रतिशतले ओरालो लागेको छ भने उत्पादन तथा प्रशोधनमुलक कम्पनीको सेयरमूल्य घट्ला सो समुह पनि १.०९ प्रतिशतले घटेको छ । बाँकीको गिरावट एक प्रतिशतभन्दा कम छ ।

नेप्से परिसूचक आज ०.२१ अंकले घटेर १९६०.६० बिन्दुमा कायम भएको छ। ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.०४ प्रतिशतले घट्दा पब्लिक सेयर मात्र मापक गर्ने फ्लोट इन्डेक्स ०.०७ प्रतिशत र कारोबारयोग्य पब्लिक सेयरको मापक इन्डेक्स सेन्सेटिभ इन्डेक्स ०.०८ प्रतिशतले बढेको छ । आज कारोबारमा आएकामध्ये १४० कम्पनीको सेयर मूल्य बढेकोछ भने १४२ कम्पनीको घटेको छ । २३ कम्पनीको मूल्य भने स्थीर रहेको छ ।

बजारमा आज २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रुपैयाँको कारोबार भएको छ । जुन अघिल्लो दिनभन्दा ४० करोड ६५ लाख रुपैयाँ धेरै हो । आज ३०५ कम्पनीका ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर ४१ हजार १३७ पटक खरिद बिक्री भएका छन् ।

सेयरमूल्य उच्च बढ्नेमा लघुवित्त अगाडि छन् । इन्फिनिटी लघुवित्तको सेयर मूल्य आज ९.९९ प्रतिशतले बढेर १४०७ रुपैयाँ ९० पैसा पुगेको छ। यस्तै दोल्ती पावरको ९.७४ प्रतिशतले बढेर ४६२ रुपैयाँ, समता घरेलु लघुवित्तको ९.६४ प्रतिशतले बढेर ९६४ रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ८.२१ प्रतिशतले बढेर ७५१ रुपैयाँ र श्रृजनशील लघुवित्तको ७.६८ प्रतिशतले बढेर १२६८ रुपैयाँ पुगेको छ । महुली लघुवित्त, माथिल्लो मैलुङ्गखोला जलविद्युत, एनएमबि लघुवित्त, नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको सेयरको भाउ ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।

उता आजको बजारबाट कुमारी सबल योजनाको इकाई मूल्य सर्वाधिक १० प्रतिशतले घटेर ८ रुपैयाँ ७३ पैसामा झरेको छ । यस्तै मैलुङ्गखोला जलविद्युतको ३.६९ प्रतिशत, आरबिबि म्युचुअल फन्ड–१ को इकाईमूल्य ३.१८ प्रतिशत, बरुण हाइड्रोपावर ३.११ प्रतिशत र सामलिङ्ग पावरको २.९८ प्रतिशतले सेयरको भाउ घटेको छ ।

आज कारोबार रकमका आधारमा फस्र्ट माइक्रोफाइनान्सको ६७८ रुपैयाँमा अन्तिम कारोबार हुँदै सर्वाधिक १० करोड ६० लाखको धितोपत्र कारोबार भएको छ। यस्तै ग्रामीण विकास लघुवित्तको ७.५१ रुपैयाँमा ७ करोड १५ लाख, हिमालयन डिष्टिलरीको १३०१ रुपैयाँमा ५ करोड ८६ लाख, प्राइम कमर्सियल बैंकको संस्थापक सेयर १३९ रुपैयाँमा ५ करोड ७१ लाख र गोर्खाज फाइनान्सको ५०२ रुपैयाँमा ५ करोड ६८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज कारोबार कित्ताका आधारमा प्राइम कमर्सियल बैंकको संस्थापक सर्वाधिक ४ लाख १० हजार ९१५ कित्ता र कारोबार संख्याका आधारमा आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको सन नेपनल लाइफको १ हजार ५८४ ओटा कारोबार भएको छ ।

बुधबारको कारोबारपछि कुल बजार पुँजीकण ३१ खर्ब ८ अर्ब ७७ करोड ४९ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।