नेपाल पुनर्बीमा कम्पनीले ५% लाभांश दिने, जेठ १७ गते एजीएम आह्वान


नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको ५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको बैशाख २६ गते बुधबार बसेको कम्पनी सञ्चालक समितिको ५२० औं बैठकले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र बोसको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  साथै सोही बैठकले लाभांश पारित गर्न जेठ १७ गते, बिहीबार नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

सभाले प्रस्तावित लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ  ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ ६ गते आइतबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार अनुसार जेठ ३ गते बिहीबारसम्म नेप्सेमा कारोबार सेयर कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहीबार १३ : ३१ बजे