हाथवे इन्भेष्टमेन्ट साढे ७ करोड नाफामा


हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा १ करोड २२ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको आम्दानी बढेपछि नाफा उच्च सुधार भएको हो ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार चैतसम्म कम्पनीले २३ करोड ३९ लाख ४७ हजार रुपैयाँ सञ्चालन आम्दानी रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.६४ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ११ करोड ४३ लाख २० हजार थियो ।

चैत मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ८९.२० प्रतिशत बढेर २३ करोड ४३ लाख ७९ हजार पुगेको छ । कम्पनीको कुल खर्च पनि १२.४३ प्रतिशत घटेर १० करोड ४४ लाख २९ हजार रहेको छ । आम्दानी बढेर खर्च घट्दा त्यसको सकारात्मक असर नाफामा देखिएको हो ।

चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग ३६ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्ममा कम्पनीको प्रति सेयर आम्दानी ३ रुपैयाँ ८९ पैसा, प्रति सेयर नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात २२२.०३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ बैशाख २०८१, बिहीबार १३ : ५८ बजे