क्षेत्रगत विविधिकरणमा सेयर लगानीकर्ता, होटलमा उर्लियो आकर्षण

0
Shares

सेयर बजारका लगानीकर्ता क्षेत्रगत विवधिकरणमा देखिएका छन् । पुँजी बजारको नियामक नेतृवबिहीन हुनु र सरकारी आड भरोसाबिना निरन्तर साइडवेजमा रहेको बजारमा लगानीकर्ताको ध्यान फरक फरक क्षेत्रका कम्पनीहरुकाे सेयरमा देखिन थालेको हो ।

केही पहिला जलविद्युत क्षेत्रमा रहेको लगानीकर्ताको आकर्षण पछिल्ला दिनहरुमा फाइनान्स, लघुवित्त र विकास बैंकमा देखिएको हो । बिहीबार ती सबैबाट लगानीकर्ताको प्रवेश होटल तथा पर्यटनमुलक क्षेत्रमा पुगेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पर्यटकीय क्षेत्रमा आएको सुधारले अधिकांशहोटलको कमाई र खुद नाफा बढेपछि सो क्षेत्रका कम्पनीमा लगानीकर्ताले लगानी ‘सिफ्ट’ गरेका हुन् । बीमा र वाणिज्य बैंकको कमाई पछिल्ला वर्षमा घट्दो क्रममा रहेको र उच्च पुँजी भएका कारण ती क्षेत्रमा भने लगानीकर्ताको प्रवेश हुन सकेको छैन ।

विशेषत न्यून पुँजी भएका ‘लो क्याप’ र सेयर बजारमा थोरै आपूर्ति भएका कम्पनीको कारोबारमा लगानीकर्ताको ध्यान रहेको देखिन्छ ।
जुन जुन क्षेत्रका कम्पनीमा कारोबार बढ्ने गर्दछ स्वभावले नै लगानीकर्ताको खरिद चाप पनि सोही क्षेत्रका कम्पनीतर्फ डोरिएको पाइन्छ । यद्यपी पछिल्ला दिनमा नेप्से बढ्ने स्पष्ट आधार लगानीकर्ताले नदेख्दा छोटो समयमा नै नाफा सुरक्षित गर्ने क्रममले सेयर बजारलाई अस्थिर बनाएको छ । यस्तै थोरै पुँजी भएका कम्पनीमा खेल्ने प्रयास कारोबारीबाट हसने गरेका छन् । सोही कारण लगानीकर्ताले आफूले लगानी गर्ने स्क्रिप्टको वित्तीय अवस्था, संस्थागत सुशासन, नाफा नोक्सान, क्रमगत प्रगति, मूल्य आम्दानी अनुपात र भविष्यमा गर्नसक्ने प्रगतिलाई समेत विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।

बिहीबार ५.६३ अंकले बढेर नेप्से १९६६.२३ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.३४ प्रतिशतले बढ्दा पब्लिक सेयर मात्र मापक गर्ने फ्लोट इन्डेक्स र कारोबारयोग्य पब्लिक सेयरको मापक इन्डेक्स सेन्सेटिभ इन्डेक्स समान ०.३० प्रतिशतका दरले बढेका छन् । आज कारोबारमा आएकामध्ये १५३ कम्पनीको सेयर मूल्य बढेकोछ भने १४० कम्पनीको घटेको छ । २० कम्पनीको मूल्य भने स्थीर रहेको छ ।

बजार केहस् चलायमान हुने बित्तिकै आज दैनिक कारोबार रकम ५७ करोड बढीले बढेको छ। बिहीबार बजारमा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार ३६३ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन २ अर्ब ५४ करोड ७० लाख रुपैयाँको धितोपत्र कारोबार भएको थियो । आज ३१३ कम्पनीका ७० लाख ५८ हजार ३९९ कित्ता सेयर ४९ हजार ३३२ पटक खरिद बिक्री भएका छन् ।

लगानीकर्ताको आकर्षण होटल तथा पर्यटनमुलक क्षेत्रमा कायम रहँदा सेयरमूल्य उच्च बढ्नेमा होटल अगाडि छन् । आज ओरियन्टल होटलको सेयर मूल्य सर्वाधिक ८.४६ प्रतिशतले बढेर ७६९रुपैयाँ पुगेको छ । यस्तै सिटि होटलको ७.९९ प्रतिशतले बढेर ६२२, सोल्टी होटलको ७.४१ प्रतिशतले बढेर ४६१, तारागाउँ रिजेन्सी होटलको ५.५६ प्रतिशतले बढेर ७४७ र नेपाल बैंकको ५.९१ प्रतिशतले मूल्य बढर २०८ रुपेयाँ पुगेको छ । चन्द्र्रगिरि हिल्स र कालिञ्चोक दर्शन लिमिटेडको पनि ५ प्रतिशतभन्दा धेरैले मूल्य बढेको छ ।

बिहीबारको बजारमा लघुवित्तमा करेक्शन देखिएको छ । सोही अनुसार आज धेरै लघुवित्तका मूल्य घटेको छ । कुमारी सबल योजनाको इकाई मूल्य सर्वाधिक ८.४८ प्रतिशतले घटेर ७ रुपैयाँ ९९ पैसामा झरेको छ । यस्तै सबैको लघुवित्तको ४.७६, वीन लघुवित्त ४.२५, साधना लघुवित्तको ४.२१ र मनकामना स्मार्ट लघुवित्तको सेयरको भाउ ४.०१ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा छ । सबैभन्दा बढी कारोबार भएको यस फाइनान्सको १५ रुपैयाँ बढेर ५४८ रुपैयाँमा १६ करोड ९७ लाख १६ हजार रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ । यस्तै सोल्टी होटलको ४६१ रुपैयाँमा १४ करोड ४७ लाख ९२ हजार, फस्ट माइक्रोफाइनान्सको ६७२.१० रुपैयाँमा ९ करोड ६६ लाख ४२ हजार, पोखरा फाइनान्सको ६६५ रुपैयाँमा ९ करोड ५९ लाख ९५ हजार रुपैयाँ र हिमालयन डिष्टिलरीको १३०४.९० रुपैयाँमा ७ करोड ३१ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ। बिहीबार आज कारोबार कित्ताका आधारमा सोल्टी होटलको ३ लाख १८ हजार ४१९ कित्ता र कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको १ हजार ४६३ ओटा कारोबार भएको छ ।

कारोबारमा आएको १३ उपमसहुगत सूचकमध्ये तीन ओटा घट्दा १० बढेका छन् । होटल तथा पर्ययनमूलक सर्वाधिक ६.९६ प्रतिशतले बढेर ५२६४.१४ बिन्दुमा पुगेको छ । बाँकी ९ ओटा एक प्रतिशतभन्दा कम बढेका छन् । लघुवित्त सर्वाधिक ०.९० प्रतिशतले घटेको बजारमा जीवन बीम ०.४४ र उत्पादनतथा प्रशोधनमुलक ०.१२ प्रतिशतले ऋणात्मक बनेको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब १७ अर्ब ७० करोड २१ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।