नेरुडे मिर्मिरे लघुवित्तको नाफामा उछाल, १२ प्रतिशत धेरै खराब कर्जा

0
Shares

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २०१ प्रतिशतको उछाल आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १९ करोड ८३ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ६ करोड ५७ लाख १७ हजार रुपैयाँ थियो ।

मर्जरपछि कम्पनीको नाफामा उच्च वृद्धि देखिएको हो । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज २०८० फागुन ३० गतेदेखि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार सुरु गरेका हुन् । अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको वितरणयोग्य मुनाफा १२ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रति सेयर आम्दानी १ रुपैयाँ ६० पैसा ऋणात्मक छ ।

चैतसम्म लघुवित्तले ६ अर्ब १० करोड निक्षेप र ११ अर्ब ५ करोड सापटी गरी कुद १७ अर्ब १६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २० अर्ब ५१ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । तेस्रो त्रैमाससम्ममा लघुवित्तको खुद ब्याज आम्दानी १६१ प्रतिशत बढीले बढेर ६४ करोड ५ लाख ९५ हजार रुपैयाँ रहेको छ । यस्तै खुद फि तथा कमिशन आम्दानी ९ करोड ५१ लाख रुपैयाँ छ ।  त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा १७५ प्रतिशत बढेर २५ करोड ६२ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी १ अर्ब ३९ करोड रुपैयाँ रहेको लघुवित्तको प्रति सेयर आम्दानी ३२ रुपैयाँ ८१ पैसा, प्रति सेयर नेटवर्थ १७८ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात ३१.४५ प्रतिशत छ । कम्पनीको जगेडा कोषमा १ अर्ब २२ करोड ७४ लाख रुपैयाँ सञ्चित छ भने रिटेर्न अर्निङ्ग १२ करोड ९० लाख ऋणात्मक छ ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको खराब कर्जा अनुपात ९.७८ बाट बढेर १२.६९ प्रतिशत पुगेको छ । तत्कालीन नेरुडे र मिर्मिरे लघुवित्त एकआपसमा गाभिएपछि बनेको नेरुडे मिर्मिरे लघुवित्तको निष्क्रिय कर्जा (समयमै नउठेको साँवा तथा ब्याज ) भने बढेको हो । दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्जर भइ एकीकृत कारोबार सुरु गरेका हुन् । निष्क्रिय कर्जा बढेसँगै कम्पनीले १५ करोड ७० लाख सम्भावित कर्जा नोक्सानी व्यवस्थामा रकम छुट्टाएको छ । लघुवित्तको कस्ट अफ फन्ड ८.८६ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।