नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने फेसबुकमा सर्वाधिक फ्लोअर पाउने खेलाडी बनेका छन् ।
बुधबार उनको आधिकारिक फेसबुक पेजमा जोडिनेको संख्या १० पुगेसँगै सर्वाधिक फ्लोअर भएका खेलाडी बनेका हुन् । बुधवार मात्रै उनको फेसबुक पेजमा यो आँकडा पार लागेको हो ।
क्रिकेटर लामिछानेले आफ्नो पेजमार्फत खेलसम्बन्धी गतिविधि तथा आफ्नो व्यक्तिगत धारणा सेयर गर्दै आएका छन् । उनले इण्डियन प्रिमियर लिग, बिग ब्यास लिग, पाकिस्तान सुपर लिग जस्ता विश्वका चर्चित टी २० क्रिकट खेल खेलेका थिए ।
अहिले उच्च अदालत पाटनमा लामिछानेविरुद्धको मुद्दा विचाराधीन अवस्थामा रहेको छ । उनीविरुद्ध गौशाला २६ लाई बलात्कार गरेको अरोप छ । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजायसहित जरिवाना र पाँच लाख रुपैयाँ क्षतिपूर्तिका तोकेको थियो । फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् । क्रिकेटर लामिछानेले आफू निर्दोष भएको दाबी गरेका छन् भने पीडित गौशाला २६ ले आफूलाई बालिग ठहर गरी लामिछानेलाई कम सजाय गरिएको भन्दै थप सजायको माग गरेकी छन् ।
क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा बैशाख २३ गते आइतबार पनि हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो । यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो ।
क्रिकेटर लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न मंगलबार मात्रै चुनौती दिएका थिए। उनले सम्बन्ध प्रमाणित भए ८ वर्ष सजायले नपुग्ने बरु फासी नै सही हुने बताएका छन्। उनले आफू यस घटनाको निर्दोष पात्र रहेको उनले स्पष्ट पारेका छन्। उनले यो घटना घटाइएको र वास्तविक अनुहार एकदिन निस्किने बताएका छन्।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

