आगामी नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव

0
Shares

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरूबाट राय/सुझाव माग गरेको छ ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार (कमोडिटी मार्केट)मा आवश्यक पूर्वाधार, बजार तथा नियमनको पहुँच अभिवृद्धि, बजारको प्रभावकारी नियमन तथा सुपरीवेक्षण, आधुनिक तथा लगानीमैत्रीमा स्तरोन्नति गर्नका लागि सरोकारवालाहरुसँग सुझाव माग गरेको हो ।

जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना [email protected] पठाउन सकिने बोर्डले जनाएको छ ।

नेपाल धितोपत्र बोर्ड नेपालको समग्र धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियामक संस्था हो ।

यसले धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई सम्पूर्ण सरोकारवालाहरुको अपेक्षा अनुरुप बजार पूर्वाधारको व्यवस्था, बजारको विकास तथा विस्तार, बजार तथा नियमनको पहुँच अभिबृद्धी, बजारको प्रभावकारी नियमन तथा सुपरिवेक्षण, स्वच्छ, दिगो, पारदर्शी, आधुनिक, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बजार कायम गर्न प्रयासरत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।