हिमालयन एभरेष्टको नाफा १६२% बढ्यो, साढे ८३ करोड खुद बीमाशुल्क संकलन

हिमालयन एभरेष्टको नाफा १६२% बढ्यो, साढे ८३ करोड खुद बीमाशुल्क संकलन

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्ममा ६० करोड ६५ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १६२.८६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २३ करोड ७ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क २५.९० प्रतिशत बढेर ८३ करोड ७४ लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ६६करोड ४३ लाख ८१ हजार रुपैयाँ थियो । यस्तै खुद दाबी भुक्तानी ५.३० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ८० लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको विशेष जगेडा कोषमा १ अर्ब ७१ करोड ३७ लाख ७७ हजार रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड २२ लाख २४ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड १४ लाख ९० हजार रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५५ लाख ६६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

इन्स्योरेन्सले समीक्षा अवधिसम्म २ अर्ब १६ करोड ७७ लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७३ करोड ६९ लाख ४७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । तेस्रो त्रैमाससम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन २४.८० प्रतिशतले बढेको हो । समीक्षा अवधिमा चुक्ता पुँजी ८.६३%, विशेष जगेडा कोष २१.५०%, महाविपत्ती कोष २६.५७%, रिटेन्ड अर्निङ्ग ५५.२०% ले वृद्धि भएको छ । यता अन्य इक्विटी भने ७४.३७% ले घटेको छ ।

यता, कम्पनीको बीमा कोषको आकार १०.९० प्रतिशतले घटेर ३ अर्ब ७३ करोड २१ लाख ६१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब १८ करोड ७५ लाख रुपैयाँ रहेको थियो । कम्पनीको कुल आम्दानी ६४.४१ प्रतिशत बढेर १ अर्ब ७९ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यस्तै लगानी कर्जा तथा अन्यबाट हुने आय २२.३० प्रतिशत बढेर २७ करोड ३६ लाख ८९ हजार पुगेको छ ।

त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २.१५ प्रतिशतले बढेर ३५ कराेड ८२ लाख ५४ हजार रुपैयाँ पुगेको छ । साथै कुल खर्च १५.४३ प्रतिशत वृद्धि भई चैत मसान्तसम्ममा ८७ करोड ९९ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सको वर्षिक प्रति सेयर आम्दानी १८ रुपैयाँ ९८ पैसा बढेर ३२ रुपैयाँ २७ पैसा पुगेको छ। यस्तै प्रति सेयर नेटवर्थ १८५ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात १८.२७ गुणा छ ।

कम्पनीले ४ करोड ५८ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ६४ लाख रुपैयाँ खर्चिएको थियो । चैतसम्म कम्पनीले १ लाख ५५ हजार ६१३ ओटा बीमालेख जारी गरेको छ ।

हिमालयन एभरेष्टले चैतसम्म ४१ करोड ४६ लाख रुपैयाँ अल्कालीन र ३ अर्ब ९७ करोड ९५ लाख रुपैयाँ दीर्घकालीन लगानी गरेको छ ।कम्पनीकाे सल्भेन्सी रेसियाे ३.२४ रहेकाे छ। 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार १५ : १३ बजे