वित्तीय विवरणको असर बजारमा, राम्रो प्रगति गरेका कम्पनीमा लगानी खन्याउँदै लगानीकर्ता

0
Shares

सेयर बजारमा वित्तीय विवरणको सकारात्मक असर देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा राम्रो प्रगति गरेका कम्पनीमा आइतबार लगानीकर्ताले लगानी खन्याएका छन् । यस्तै खराब प्रगति गरेका कम्पनीको सेयरबाट बाहिरिएका छन् ।

आज निर्जीवन बीमा सर्वाधिक २.६४ प्रतिशतले बढेको बजारमा उत्पादन तथा प्रशोधनमुलक १.४९%, जीवन बीमा १.२५%, ब्यापार १.१८%, र विकास बैंक १.०४% ले बढेको छ ।आज होटल तथा पर्यटनमुलकमा सर्वाधिक २.४० प्रतिशतले घट्दा १.३५ र फाइनान्स ०.३५ प्रतिशतले घटेको छ ।

आइतबार नेप्से ८.२६ अंकले बढेर १९७४.५० बिन्दुमा पुगेको छ । यसदिन दैनिक कारोबार रकम ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रुपैयाँको कारोबार भएको छ ।

आज सांग्रिला डेभलपमेन्ट बैंकको अन्तिम पटक प्रतिकित्ता ३१८.१० रुपैयाँमा कारोबार हुँदा सर्वाधिक १० करोड ५० लाख ६० हजारको कारोबार भएको छ । यस्तै पोखरा फाइनान्सको ६५६ दरमा ८ कोड ६ लाख, सोनापुर मिनरल्स एण्ड आयलको ४४३.६० रुपैयाँ दरमा ८ करोड ५ लाख, शिवम् सिमेन्टको ४९९.४० दरमा ७ करोड ७१ लाख र नेपाल इन्स्योरेन्सको ८४२ रुपैयाँ दरमा ६ करोड ९५ लाख रुपैयाँ बढीको धितोपत्र किनबेच भएको छ ।आज कारोबार कित्ताका आधारमा सांग्रिला डेभलपमेन्ट बैंक ३ लाख २८ हजा ४१८ कित्ता सहित अग्र स्थानमा रहँदा कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक १९५१ ओटा कारोबार भएको छ ।

आइतबार श्रृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सकारात्मक सर्किट लागेसँगै लघुवित्तको सेयर प्रतिकित्ता १३७२ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ७.५२%, यूनाइटेड अजोड इन्स्योरेन्सको ५.६९%, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.५०% र एशियन लाइफ इन्स्योरेन्सको ५. प्रतिशतले मूल्य बढेको छ ।

यता आज मानुषी लघुवित्तको सेयर मूल्य सर्वाधिक ५.४४ प्रतिशतले घटेको छ। यस्तै दोल्ती पावरको ४.५९, आरएसडिसी लघुवित्तको ४.४२, सोल्टी होटलको ३.६९ र नेष्डो समृद्ध लघुवित्तको ३.४५ प्रतिशतले मूल्य घटेको छ ।

आइतबार कुल बजार पुँजीकरण ३१ खर्ब ३० अर्ब ८१ करोड ७ लाख ५२ हजारमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ३० वैशाख २०८१, आइतबार  १५ : ३८ बजे