आगामी वर्ष विद्युत् उत्पादन ४५०० मेगावाट पुर्‍याइने, प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट

0
Shares

सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ मा विद्युतको जडित क्षमता चार हजार ५०० मेगावाट पुर्‍याउने घोषणा गरेको छ।

हाल विद्युतको जडित क्षमता तीन हजार मेगावाट हारहारी छ। आगामी आवको असार मसान्तसम्म विद्युतको जडित क्षमता चार हजार ५०० मेगावाट पुर्‍याउने लक्ष्य सरकारको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। यसैगरी आगामी आवमा प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पुर्‍याउने उनको भनाइ छ।

सौर्य आयोजनाको पनि विद्युत् खरिद–बिक्री सम्झौता गरिने उनले बताए। आगामी आवमा १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनालगायतको निर्माण अघि बढाउने राष्ट्रपतिले उल्लेख गरे।

यसैगरी दुधकोशी, माथिल्लो अरुण, फुकोट कर्णाली, चैतपुर सेती, तामाकोशी–५ लगायतका आयोजनाको वित्तीय व्यवस्थापन तथा निर्माण अघि बढाउने सरकारको घोषणा छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।