एचआइडीसीएलको ९ लाख ८१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत

0
Shares

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को ९ लाख ८१ हजार ९० कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको हकप्रदमा अवितरित भएको संस्थापक समूह अन्तरगतको उक्त सेयर कम्पनीले २०८० चैत २५ देखि २०८१ बैशाख ९ गतेसम्म बोलकबोल खुला गरी बैशाख १३ गते शिलबन्दी बोलपत्र खुला गरिएको थियो । कम्पनीले १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको थियो । सोही सेयर नेप्सेमा जेठ २ गते बुधबार सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

साबिक राष्ट्रिय बीमा संस्थान लगायतका संस्थापक लगानीकर्ताले कम्पनीको हकप्रदमा पैसा नहालेपछि कम्पनीलाई संस्थापक सेयर बिक्री गर्न फलामको च्यूरा चपाउनु सरह देखिएको छ । कम्पनीले आधा दर्जन पटक उक्त अवितरित संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएपनि सबै बिक्री गर्न सकेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।