आरएसडिसी लघुवित्तको सेयर संरचना परिवर्तन, सर्वसाधारण हिस्सा बढ्यो

0
Shares

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले संस्थापक हिस्सा घटाएर सर्वसाधारणतफृ बढाएको हो ।

परिवर्तित सेयर संरचना कम्पनीमा अब सर्वसाधारण समूहको सेयर हिस्सा बढेर ४९ प्रतिशत पुगेको छ भने बाँकी ५१ प्रतिशत सेयर संस्थापक समूहको रहेको छ । यसअघि कम्पनीको संस्थापक सेयर ७० प्रतिशत (६६ लाख १० हजार ४५६ कित्ता) र सर्वसाधारण सेयर ३० प्रतिशत (२८ लाख ३३ हजार ५४ कित्ता) रहेको थियो ।

हाल लघुवित्त कम्पनीको ९४ लाख ४३ हजार लाख ५१० दशमलव ६५ कित्ता बराबरको ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ चुक्ता पुँजी छ । नयाँ संरचना अनुसार अब कम्पनीको संस्थापक सेयर ४८ लाख १६ हजार १९० दशमलव ४३ कित्ता हुनेछ । यस्तै सर्वसाधारण समुहतर्फ ४६ लाख २७ हजार ३२० दशमलव २२ कित्ता कायम रहेको छ ।

लघुवित्तले आवश्यक प्रक्रिया पूरा गरी नेप्सेलाई परिवर्तित सेयर संरचना अनुसारको धितोपत्र अभिलेख गर्न अनुरोध गरे अनुसार नेप्सेले नयाँ नयाँ सेयर संरचना अभिलेख समेत गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।