नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा ३३ करोड ७७ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १५.४९ प्रतिशत धेरै हो । कम्पनीले गत वर्षको यसै अवधिमा २९ करोड २४ लाख ६६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीले ३ अर्ब ३ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १०.५२ प्रतिशत कम हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ३९ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। समीक्षा अवधिसम्म ३ अर्ब ४१ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ८४ करोड ८९ लाख कुल बीमाशुल्क आर्जन गरेकोमा ११.२९ प्रतिशतले घटेको हो ।
चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार रुपैयाँ रहेको नेपाल रिको रिटेन्ड अर्निङमा ५५ करोड ४८ लाख ९१ हजार रुपैयाँ जम्मा छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको स्पेशल रिजर्भमा ४ अर्ब २४ करोड ४८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३० करोड ८१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५५ करोड ४८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४० लाख रुपैयाँ रहेको छ । गत असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ७२ करोड ९४ लाख रुपैयाँ सञ्चित रहेको थियो।

पहिलो त्रैमासमा नोक्सानीमा रहेको नेपाल रिको दोस्रो त्रैमासमा वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस अवधमिा प्रतिसेयर नेटवर्थ भने १४५ रुपैयाँ ७५ पैसा छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२९ रुपैयाँ २२ पैसा र पिई अनुपात २५४.९४ गुणा छ ।
यसैगरी कम्पनीको लगानी तथा कर्जा हुने आम्दानी पनि ९.८० प्रतिशतले घटेर ८७ करोड ३६ लाख ५९ हजार रुपैयाँ कायम भएको छ । आम्दानीसँग यसको खर्च पनि कम भएको छ । पुससम्म कम्पनीको खर्च ३ अर्ब ४८ करोड ६२ लाख ३ हजार छ । गत आवको सोही अवधिमा ३ अर्ब ९९ करोड ५४ लाख २६ हजार थियो ।
कम्पनीको कुल आय ३ अर्ब ९६ करोड ८७ लाख ८३ हजार पुगेको छ । गत आवको यसै अवधिमा ४ अर्ब ४८ करोड ६९ लाख ८३ हजार रुपैयाँ थियो । समीक्षा अवधिमा आम्दानी ११.५५ प्रतिशतले घटेको हो । नाफा घटेपछि खर्च नियन्त्रण गर्दा कम्पनीको मुनाफा बढेको हो ।
यस अवधिमा कम्पनीले दुई अर्ब १२ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले दुई अर्ब १३ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको बीमा कोषको आकार २१।१९ प्रतिशतले बढेर आठ अर्ब ७८ करोड रुपैयाँ पुगको छ ।
कम्पनीले लगानी तथा कर्जामार्फत ८७ करोड ३६ लाख र ५ करोड ४४ लाख रुपैयाँबराबरको अन्य प्रत्यक्ष आम्दानी गरेको छ । कम्पनीले यो अवधिसम्म २ अर्ब १२ करोड रुपैयाँबराबर खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २ अर्ब १३ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।
कम्पनीले दीर्घकालिन रुपमा ३ अर्ब ७१ करोड ५५ लाख र अल्पकालिन रुपमा १६ अर्ब ९७ करोड ४१ लख रुपैयाँ लगानी विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
