सेयर लगानीकर्ता कम पुँजी भएका 'लो क्याप कम्पनी' कम्पनीहरुको सेयर कारोबारमा नै रमाउँदा सेयर बजारमा सामान्य अंक मात्रै वृद्धि भएको छ । ठूलो बजार पुँँजीकरण भएका कम्पनीको सेयर मूल्यमा असर देखाउन नसकिने भएपछि कारोबारीको रोजाई 'लो क्याप कम्पनी ' रहँदै आएका छन् ।
पछिल्ला दिनमा आएका वृद्धिका बावजुत आइतबार करेक्शनको बाटो समातेको बजार सोमबार सामान्य बढेर बन्द भएको छ । यद्यपी कारोबार अघिल्लो दिन सोमबारको तुलनामा ५४ करोड ७८ लाख रुपैयाँले दैनिक कारोबार रकम घटेको छ । यसदिन ३१७ कम्पनीका ९३ लाख ३० हजार २९५ कित्ता सेयर ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १४४ रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । सोमबार नेप्से ३.९३ अंकले बढेर १२१३.२७बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.०८ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएको १३ उपसमुहगत सूकचमध्ये दश ओटा बढेका छन् भने तीन ओटा मात्र घटेका छन् । बैंकिङ्ग, होटल र निर्जीवन बीमको इन्डेक्स ओरालो लाग्दा बाँकी दश ओटा बढेका हुन् । आज लगानी १.८० प्रतिशतले बढेको छ भने फाइनान्स १.४१ प्रतिशतले बढेको छ । बाँकीको वृद्धिदर एक प्रतिशतभन्दा कम छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको २० करोड ४० लाख रुपैयाँ बराबरको धितोपत्रको कारोबार भएको छ । यस्तै सिईडिबी हाइड्रोपावरको १८ करोड ५२ लाख, पोखरा फाइनान्सको १८ करोड ४७ लाख, हाथवे इन्भेष्टमेन्टको १० करोड ४२ लाख र कालिञ्चोक दर्शन लिमिटेडको ९ करोड ३२ लाख रुपैयाँको सेयर खरिद बिक्री भयो ।

सोमबारको बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयर हाउजिङ्ग कम्पनीको लिमिटेडको सेयर दश प्रतिशतले बढेको हो । यस्तै कालिञ्चोक दर्शनको ९.७९ प्रतिशत, पोखरा फाइनान्सको ८.४०, र ग्लोबल आइएमई ब्लालेन्स्ड फन्ड—१ का इकाईमूल्य ८.१३ प्रतिशतले बढेको छ ।
आज बृद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घछटेर ६४८ रुपैयाँमा झरेको छ । यस्तै १०.२५% नेपाल एसबिआई डिबेञ्चर २०८३ को मूल्य ३.४१, सिक्लेस हाइड्रोपावरको ३.१७, प्रभु सेलेक्ड फन्ड ३.११ र उपकार लघुवित्तको सेयर मूल्य २.९५ प्रतिशतले घटेको छ ।
सोमबारको वृद्धिपछि कुल बजार पुँजीकरण ३३ खर्ब ५० अर्ब ९७ करोड ७७ लाख रुपैयाँमा समेटिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
