दैनिक ल्याउन पाउने सुनको परिमाण बढ्यो

दैनिक ल्याउन पाउने सुनको परिमाण बढ्यो

सरकारले दैनिक ल्याउन पाउने सुनको परिमाण विस्तार गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१-८२ को बजेट घोषणा गर्दै उक्त बताएका हुन् ।

सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दै उनले अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने बताए । बजेट मार्फत नयाँ आर्थिक वर्षमा सरकारले यसमा पनि सीमा विस्तार गर्ने बताएको हो । यद्यपी कति परिमाणमा विस्तार गर्ने सम्बन्धमा भने उल्लेख गरिएको छैन ।

हाल दैनिक २० किलोसम्म सुन ल्याउन पाउने व्यवस्था सरकारले गरेको छ । सुन व्यवसायीहरूले सुनको कोटा नपुगेको भनी गुनासो गरेपछि नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ जारी गर्दै सीमा २० किलोसम्म र्पुयाएको थियो । त्यसअघि १० किलो मात्र ल्याउन पाउने व्यवस्था थियो । हाल व्यवसायीहरूले ३० देखि ४० किलाेसम्म सुनकाे माग रहेकाे बताउने गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ जेठ २०८१, मंगलबार १५ : ३८ बजे