१७% बोनस पाउन सेयरधनीलाई कर तिर्न आग्रह

0
Shares

मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर पाउन कम्पनीले सेयरधनीलाई बोनसमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको थियो भने बोनसमा लाग्ने कर रकम प्रस्तान गरिएको थिएन । सोही कारण उक्र बोनस सेयर पाउन सेयरधनीहरु स्वयंलाई कर वापतको रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको हो ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सूचना जारी गर्दै बोनस प्राप्त गर्न त्यसमा लाग्ने करबापतको रकम बुझाउनलाई शेयरधनीहरुलाई आग्रह गरेको हो ।

साविकको स्मार्ट लघुवित्त र मनकामना लघुवित्त आपसमा गाभिएर २०७७ साउन ११ गतेबाट मनकामना स्मार्ट लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको थियो। सो मितिपश्चात सेयर खरिद गरेका तथा प्राथमिक सेयर निष्कासनमा बाँडफाँडमा परी हालसम्म सेयर कायम रहेका सेयरधनीहरुको हकमा सो सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्थाबमोजिम कर लाग्ने र सो करबापतको रकम शेयरधनी स्वयंले नै तिर्नुपर्ने संस्थाले जनाएको छ ।

उक्त सेयरबाट आर्जित बोनस शेयरमा लाग्ने करबापतको रकम बुझाउन बाँकी रहेका सेयरधनीले संस्थाको एनएमबि बैंक भैरहवा शाखामा रहेको ०७८००६६१२८३०००१२ बैंक खातामा करबापतको रकम जम्मा गर्न सकिने बताइएको छ ।

यसरी रकम जम्मा गरेपछि उक्त डिपोजिट भौचर संस्थाको ई–मेल manakamana.bonustax.gmail.com मा पाठएपछि बोनस सेयर शेयरधनीको हितग्राही खातामा जम्मा हुने संस्थाले स्पष्ट पारेको छ। लघुवित्तको २०७८ पुस १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले उक्त लाभांश अनुमोदन गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।