सेयर बजार सुस्ताएर साइडवेजमा रहँदै गर्दा बुधबार म्युचुअल फन्डमा आकर्षण देखिएको छ । ठूला कम्पनीहरुको सेयरमूल्य ओरालो लागेको आजको बजारमा प्रतिईकाई दश रुपैयाँ भएका म्युचुअल फन्डको इकाई मूल्य र कम पुँजी भएका लघुवित्तको सेयरको भाउ भने उकालो लागेको हो ।
बुधबार म्युचुअल फन्ड सर्वाधिक ४.९२ प्रतिशतले बढेको बढेर १९.६८ बिन्दुमा पुगेको हो । यस्तै आज लघुवित्त उपसमुहगत सूचक पनि १.३१ प्रतिशत र उत्पादनतथा प्रशोधन ०.४२ प्रतिशत र फाइनान्सको ०.०९ प्रतिशतले बढेको छ । आज ब्यापार सर्वाधिक १.०३ प्रतिशतले बढेको छ भने अन्य ०.६८, बैंकिङ्ग ०.६६, हाइड्रोपावर ०.६४, होटल तथा पर्यटनमुलक ०.५६, जीवन बीमा ०.५४, विकास बैंक ०.३० र निर्जीवन बीमाको सूचक ०.२४ प्रतिशतले घटेको छ । त्यस्तै, यस दिन १३ उपसमूहमध्ये ८ ओटा घटेको छ भने चार ओटा बढेको छ । लगानी उपसमूहको परिसूचक भने स्थिर छ ।
बुधबार नेप्से परिसूचक ५.५८ अंक घटेर २०७९.७१ विन्दुमा झरेको छ । त्यस्तै, ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.४१, कारोबारयोग्य सेयरको मापक फ्लोट इण्डेक्स ०.४८ र सर्वसाधारणमा रहेको कारोबारयोग्य सेयरको सूचक मापक सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२१ अंकले घटेका छन् ।
आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ४९ हजार ७३३ ओटा संख्यामा ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९३ रुपैयाँमा खरिद बिक्री भएका छन् । अघिल्लो दिन मंगलबार नेप्से ६.२२ अंकले बढ्दा ४ अर्ब ८ करोड ४७ लाख १५ हजारको कारोबार भएको थियो । नेप्सेसँगै यस दिन कारोबार रकम ९ करोडले घटेको हो ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कारोबार रकमका आधारमा शीर्ष स्थानमा छ । कम्पनीको १९ करोड ३ लाख ७९ हजारको सेयर किनबेच भएको छ । यस्तै सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १८ करोड ४३ लाख ७५ हजार, सानिमा माई हाइड्रोपावरको १६ करोड ९९ लाख, पोखरा फाइनान्सको १२ करोड ६ लाख र ग्लोबल आइएमई लघुवित्तको ८ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको सेयर मूल्य ९० रुपैयाँ ४० पैसा बढेर ९९४ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य ९.८३ प्रतिशत, माईखोला हाइड्रोपावरको सेयर मूल्य ९.६५ प्रतिशत, विजय लघुवित्तको ७.९० प्रतिशत र लक्ष्मी लघुवित्तको ७.६४ प्रतिशतले बढेको छ ।
आजको बजारबाट अपर लोहोरे खोला हाइड्रोपावरको सेयर लगानीकर्ताले सर्वाधिक ५.५१ प्रतिशतले गुमाएका छन् । यससँगै कम्पनीको मूल्य ३७७ रुपैयाँमा झरेको छ । यसैगरी कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ४.९६ प्रतिशत, कुमारी इक्वीटी फन्ड ४.५८ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ३.६० प्रतिशत र प्रभु सेलेक्ट फन्डको इकाई मूल्य ३.५९ प्रतिशतले घटेको छ ।
बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ९७ अर्ब ८१ करोड २५ लाख रुपैयाँमा समेटिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
