लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट ५के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहल मार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको “ ” भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५ हजार रुख रोप्ने लक्ष्य राखेको थियो ।
जुन १ देखि ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँगको सहकार्यमा करिब ६ हजार रूखहरू रोपेको छ । यो देशव्यापी वृक्षरोपण विभिन्न विद्यालय, सामुदायिक वन, संरक्षण क्षेत्र, अस्पताल, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको ब्यारेक, मन्दिर र सार्वजनिक स्थानहरूमा गरिएको थियो ।
प्रोजेक्ट छप् सँगै लक्ष्मी सन्राइज बैंकले सोही दिवसमा आफ्नो एभोइटेड इमिसन रिपोर्ट पनि सार्वजनिक गरेको थियो। यस प्रतिवेदनले नवीकरणीय ऊर्जा विशेष गरी जलविद्युतमा गरिएको लगानीबाट पर्न जाने वातावरणीय प्रभावको विस्तृत परिमाणीकरण गर्दछ । यस क्षेत्रमा गरिएको लगानी मार्फत बैंकले कुल २५ हजार १३४ दशमलव १८ टन कार्बन उत्सर्जन हुनबाट जोगाएको छ ।
यो प्रतिवेदन बैंकको कार्बन एकाउन्टिङ फाइनान्सियल (पीसीएफ) रिपोर्टकै निरन्तरता पनि हो । लक्ष्मी सनराइज बैंक २०२१ देखि कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिपमा संलग्न छ ।

यस्तै विभिन्न वातावरणमैत्री पहलहरु अघि बढाउँदै लक्ष्मी सन्राइज बैंकले आफ्नो ग्रीन र रेस्पोन्सिबल मूल्यहरु आत्मसाथ गर्दै “ओरेञ्ज लभ ग्रीन” नारालाई मूर्तरूप दिएको छ । वातावरण संरक्षणमा बैंकले गर्दै आएका विभिन्न पहलहरु मध्ये एक रहेको प्रोजेक्ट ५केले बैंकको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्याउने कुरामा बैंक विश्वस्त छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
