नेपाल धितोपत्र बोर्डले हिमालय उर्जा विकास कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृती दिएको छ । बोर्डले कम्पनीलाई असार ७ गते हकप्रद सेयर निष्काशन गर्न स्वीकृती दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
