नेप्से सामान्य बढेपनि घट्यो कारोबार, फाइनान्स इन्डेक्समा उच्च गिरावट

0
Shares

सेयर बजार परिसूचक नेप्से मंगलबार सामान्य बढेको छ । नेप्से ५.६० अंकले बढेर २०७१.७७ बिन्दुमा पुगेको हो । बजार बढेपनि आज कारोबार रकम भने घटेको छ ।

बजारमा कम पुँजी भएका फाइनान्स कम्पनीहरुको सेयर मूल्य उचालिएकोमा आज करेक्शन आएको छ । अन्य समुहको इन्डेक्स बढ्दा आज फाइनान्स २ प्रतिशतभन्दा धेरैले घटेको हो । कारोबारीको कृत्रिम मुल्य वृद्धिलाई लगानीकर्ताले साथ नदिएपछि आज फाइनान्स इन्डेक्समा करेक्शन आएको हो ।

यसदिन ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँमा खरिद बिक्री भएको छ । जुन अघिल्लो कारोबार दिनको तुलनामा ८८ करोड ९४ लाख रुपैयाँ कम हो । अघिल्लो दिन सोमबार ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँको धितोपत्र किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमुहगतसूचकमध्ये ८ ओटा बढेको छ भने ५ ओटा घटेको छ। फाइनान्स सर्वाधिक २.१६ प्रतिशतले घटेको बजारमा बैंकिङ्ग, निर्जीवन बीमा, अन्य र ब्यापार घटेको हो । यसदिन लगानी सर्वाधिक १.७० प्रतिशतले बढेको छ भने जलविद्युत १.१८ प्रतिशत र होटल तथा पर्यटनमुलक उपसमुहगत सूचक १.१२ प्रतिशतले बढेको हो । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा लगानी, जलविद्युत र होटेल तथा पर्यटन क्षेत्रमा लगानीकर्ताले उत्साह देखाएका हुन् ।

आरएसडिसी लघुवित्तको सर्वाधिक कारोबार

मंगलबारको आरएसडिसी लघुवित्तको सर्वाधिक कारोबार भएको छ । लघुवित्तको मूल्य आज ५.०६ प्रतिशत अर्थात ३३ रुपैयाँ ५० पैसाले बढेर ६९६ रुपैयाँ पुगेको छ । दिनभरमा लघुवित्तको १४ करोड ८३ लाख रुपैयाँ बढीको धितोपत्र किनबेच भएको छ ।

यसैगरी एनआरएन इन्फ्रास्टक्चरको १२ करोड ६२ लाख, नेपाल फाइनान्सको ९ करोड ६९ लाख, पोखरा फाइनान्सको ९ करोड ४९ लाख र हाथवे इन्भेष्टमेन्टको ८ करोड ५४ लाख रुपैयाँको धितोपत्र कारोबार भएको नेप्सेले जनाएको छ । माउन्टेन इनर्जी, समृद्धि फाइनान्स, सिक्लेस हाइड्रोपावर, गोर्खाज फाइनान्स र शिवम् सिमेन्ट शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् ।

दुई कम्पनीमा सकारात्मक सर्किट ब्रेक

मंगलबार दुई ओटा धितोपत्रको मूल्य दश प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। यसदिन ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४–८५ को मूल्य १० प्रतिशतले बढेर १०० रुपैयाँ पुगेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावरको मूल्य पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४७१.१० पैसा पुगेको छ ।

आजको बजारमा न्यादी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ८.६५ प्रतिशत, अपर सोलु हाइड्रो इलेक्ट्रिकल ७.५७ प्रतिशत, चिरख्वा हाइड्रोपावरको ६.६८ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ६.६७, हाथवेइन्भेष्टमेन्टको ६.६४ प्रतिशत, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ६.४८ प्रतिशत, इन्फिनिटी लघुवित्तको ६.३३ प्रतिशत र इष्टर्न हाइड्रोपावरका लगानीकर्ताले ६.०१ प्रतिशतले मूल्य बढेको छ ।

साधना लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाए

मंगलबारको बजारमा साधना लघुवित्तका सेयर लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात १४४.२० रुपैयाँले घटेर १२९७.८० रुपैयाँमा झरेको छ ।

यसैगरी एनआईबिएल स्टेबल फन्डको ४.०५ प्रतिशत, गुडबिल फाइनान्सको ३.७७ प्रतिशत, जानकी फाइनान्सको ३.६७ प्रतिशत र शिवश्री हाइड्रोपावरको सेयर मूल्य ३.६७ प्रतिशतले घटेको छ ।

मंगलबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ८५ अर्ब २१ करोड ६९ लाख रुपैयाँमा समेटिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।