नेप्सेमा दोहोरो अंकको गिरावट, मूल्य बढ्नेमा कम पुँजी भएका र कमजोर वित्तीय अवस्थाका कम्पनी मात्रै

0
Shares

सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट जारी छ । सेयर बजारका लगानीकर्ताको मनोबल बलियो बन्न नसक्दा कारोबारीहरुले आफू अनुकुल कम पुँजी भएका र कमजोर वित्तीय विवरण भएका कम्पनीको सेयर मुल्यमा वृद्धि गराएका छन् । यसले बजारमा जोखिम बढाएको छ ।

नेपाल धितोपत्र बोर्डमा अध्यक्ष चयन प्रकृया गिजोलिँदा समग्र धितोपत्र बजारमा नैशारश्यता पैदा भएको हो । बजारमा कारोबारीहरुले कम पुँजी भएका ‘लो क्पाप’ कम्पनीको मूल्यमा वृद्धि गराएका छन् । सबल वित्तीय अवस्था भएका कम्पनीको सेयरको भाउ उस्तै रहँदा थोरै पुँजी भएका र कमजोर वित्तीय अवस्था रहेका कम्पनीको मूल्यमा भने दिनानुदिन उतार चढावकाे चलखेल सुरु भएका हो । बोर्डको नेतृत्व चयन हुन नसक्दा नियमन सहित समग्र धितोपत्र बजार नै कमजोर बन्न पुगेको हो ।

चालु आर्थिक वर्षको समाप्ती नजिकिँदै गर्दा समेत बजारमा उत्साह छाउन सकेको छैन । बैंकिङ्ग प्रणालीमा ६ खर्ब बढी लगानीयोग्य रकम रहनु र घट्दै गएको ब्याजदरको सकारात्मक असर समेत धितोपत्र बजारमा पर्न सकेको छैन । दीर्घकालीन लगानी गरेका लगानीकर्ताको पोर्टफोलियो अझै मुनाफामा जान सकेको छैन भने अल्पकालीन लगानीकर्ताले थोरै पुँजी भएका कम्पनीमा चलखेल बढाएका हुन् ।

बुधबार नेप्से ११.६० अंकले घटेर २०६० दशमलव १६ बिन्दुमा झरेको छ ।कारोबारमा आएको दश उपसमुगत सूचक राताम्मे बनेको छ भने तीन ओटामा मात्र झिनो वृद्धि देखिएको छ । यसले समग्र बजारमा दैनिक कारोबार रकम समेत घटाएको छ । बुधबार ४ अर्ब ५ करोड ८० लाख ४७ हजार ७३४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता सेयर ५४ जार ७९३ पटक खरिद बिक्री भएको हो । मंगलबारको तुलनामा बुधबार १३ करोडले कारोबार घटेको हो ।

आज कारोबारमा आएका १३ उपसमुहगतसूचकमध्ये फाइनान्स ०.४५, ब्यापार ०.२२ र म्युचुअल फन्ड ०.१४ प्रतिशतले बढेको छ भने आज विकास बैंक सर्वाधिक १.०३ प्रतिशतले घटेको हो । बाँकी सबै एक प्रतिशतभन्दा कम घटेका छन् ।

नेपाल फाइनान्सको सर्वाधिक कारोबार

बुधबारको बजारमा नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । फाइनान्सको मूल्य आज ९.८७ प्रतिशत अर्थात ९२ रुपैयाँ ८० पैसाले बढेर १०३३ रुपैयाँ पुगेको छ । दिनभरमा कम्पनीको १ लाख ७४ हजार ९८८ कित्ता सेयर ११७९ पटक खरिद बिक्री हुँदा कारोबार १६ करोड ४६ लाख १८ हजार रुपैयाँ बढीको धितोपत्र किनबेच भएको छ ।

यसैगरी गुडविल फाइनान्सको १५ करोड १६ लख ४९ हजार, एनआरएन इन्फ्रास्टक्चरको १३ करोड ३३ लाख ५४ हजार, ग्लोबल आइएमई लघुवित्तको ८ करोड ८२ लाख १३ हजार र पोखरा फाइनान्सको ८ करोड ८१ लाख ६४ हजार रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । बुधबार शीर्ष कारोबार हुने दश कम्पनीमा साधना लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, सिईडिबी हाइड्रोपावर, ग्रीन भेञ्चर लिमिटेड र सगरमाथा जलविद्युत कम्पनी लिमिटेड रहेका छन् ।

यी कम्पनीको सेयर मूल्य बढ्यो

बुधबार नेपाल फाइनान्सको धितोपत्रको मूल्य सबैभन्दा धेरै ९.८७ प्रतिशतले बढेको छ । यसैगरी शिवश्री हाइड्रोपावरको ७.२६ प्रतिशत, गणपति लघुवित्तको ७.१३ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ६.१३ प्रतिशत, स्वाभिमान लघुवित्तको ५.१० प्रतिशतले बढेको छ।

साधना लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाए

आजको बजारमा साधना लघुवित्तका सेयर लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । लघुवित्तको सेयर मूल्य ६.३८ प्रतिशत अर्थात ८२.८० रुपैयाँले घटेर १२१५ रुपैयाँमा झरेको छ ।

यसैगरी हिमालय उर्जा विकास कम्पनीको ५.२५ प्रतिशत, मिड सोलु हाइड्रोपावरको ४.२६ प्रतिशत, सामलिङ्ग पावर कम्पनीको ४.११ प्रतिशत र सिटिजन म्युचुअल फन्डको इकाई मूल्य ३.७८ प्रतिशतले घटेको छ ।

बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब ८१ करोड ३१ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।