सिन्धु विकास बैंकको अध्यक्षमा दामोदर प्रसाद सुवेदी

0
Shares

सिन्धु विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा दामोदर प्रसाद सुवेदी चयन भएका छन् । कर्मचारी संचयकोषबाट बैंकमा प्रतिनिधि गरेका उनलाई असार २२ गते सम्पन्न ४३३ औँ बैठकले उनलाई बैंकको अध्यक्षमा चयन गरेको हो ।

यसअघि असार १३ गते सम्पन्न ४३२ औं बैठकले निभा डंगोल श्रेष्ठलाई बैंकको सञ्चालक समितिको अध्यक्ष चयन गरेको थियो । उक्त निर्णयलाई पुनर्विचार गर्नुपर्ने देखिएको भन्दै बैंकको सञ्चालक समितिले सुवेदीलाई अध्यक्षमा चयन गरिएको बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।