चिरख्वा हाइड्रोपावरको सञ्चालकमा प्रतिक्षा पौडेल र आनन्दमणी राउत

0
Shares

चिरख्वा हाइड्रोपावरको सञ्चालकमा प्रतिक्षा पौडेल र आनन्दमणी राउत निर्वाचित भएका छन् ।

कम्पनीको असार २३ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनीकोतर्फबाट प्रतिनिधित्व गर्नेगरी पौडेल र राउत निर्विरोध निर्वाचित भएको कम्पनी सचिव धान्य प्रसाद तिमल्सिनाले जानकारी दिए ।

साथै २३ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारणले कम्पनीको आव २०८०/८१ का लागि कँडेल एण्ड एसोसियट्सका श्री राम प्रकाश शाहलाई लेखापरीक्षक नियुक्ति गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।