सेयर बजारमा उत्साह, १५.७९ अंक नेप्से बढ्दा कारोबार साढे पाँच अर्ब नाघ्यो

0
Shares

सेयर बजार परिसूचक नेप्से १५.७९ अंकले बढेको छ । यसस्ँगै बजार सूचक २१५२.१४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३२ अंक बढेको छ ।

नेप्सेसँगै मंगलबार कारोबार रकम पनि ९६ करोड ६१ लाख रुपैयाँले बढेर ५ अर्ब ५३ करोड ५८ लाख ८८५ रुपैयाँ पुगेको छ । यसदिन ३१६ स्टकको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता सेयर ६६ हजार ७१६ ओटा संख्यामा कारोबार भएको हो । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ५६ करोड ९८ लाखको सेयर खरिद बिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमूहगत परिसूचकमध्ये यस दिन ८ ओटा बढेको छ भने ४ ओटा घटेको छ। यस दिन लघुवित्त सर्वाधिक ३.०६ प्रतिशत बढेको छ । त्यस्तै विकास बैंक साढे २ प्रतिशत बढेको छ । फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहगत सूचक भने घटेको छ । म्युचुअल फन्ड स्थिर छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ । कम्पनीको १९ करोड ७७ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यसैगरी नेपाल फाइनान्सको १६ करोड २१ लाख, जानकी फाइनान्सको १३ करोड ५६ लाख, ङादी ग्रुप पावरको १३ करोड १६ लाख र ग्लोबल आईएमई लघुवित्तको १२ करोड ३६ लाख रुपैयाँको धितोपत्र किनबेच भएको छ । दोहोरो अंकले नेप्से बढ्दा लघुवित्तका लगानीकर्ताले धेरै कमाएका छन् । विकास बैंकमा पनि उत्साह देखिएको छ ।

आज दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । गणपति लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता १६९.७० रुपैयाँले बढेर १८६७.२० रुपैयाँ पुगेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको २४१.७० रुपैयाँले बढेर २६५९.६० रुपैयाँ पुगेको छ । यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ९.९१ प्रतिशत, युनिक नेपाल लघुवित्तको ९.७९ प्रतिशत र सबैको लघुवित्तको ९.१५ प्रतिशतले सेयरको भाउ बढेको छ ।

मंगलबारको बजारबाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ का इकाईधनीले सर्वाधिक गुमाएका छन् । इकाईका लगानीकर्ताले ५.४७ प्रतिशतले गुमाउँदा ८.२९ रुपैयाँमा मूल्य झरेको छ। यस्ते नेपाल फाइनान्सका लगानीकर्ताले ४ प्रतिशत गुमाउँदा बोटलर्स नेपाल बालाजु लिमिटेडको ३.९०, नबिल ब्यालेन्स्ड फन्ड–२ को ३.३७ प्रतिशत र जानकी फाइनान्सको सेयर मूल्य ३.१६ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।