अर्थमन्त्रीमा विष्णु पौडेलको प्रवेशसँगै नेप्सेमा उछाल, ५० अंक धेरै बढ्यो

0
Shares

सेयर बजारका लागि राम्रो छवी बनाएका अर्थमन्त्री विष्णु पौडेलको प्रवेशसँगै सेयर बजार मापक परिसूचक नेप्सेमा उछाल आएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन नै बजार मापक सूचक नेप्सेमा आधा शतक बढीको वृद्धि भएको हो ।

दिउँसो २ बजेसम्म नेप्सेमा ५४ अंक बढीको उछाल आउँदा सवा ६ अर्बको कारोबार भएको छ । ३१२ कम्पनीको १ करोड ८१ लाख बढी कित्ता सेयर कारोबार भएको छ ।

बरुण हाइड्रोपावर, आँखुखोला जलविद्युत, र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशले बढेको छ । आईसिएफसी डिबेञ्चर, एनआईबिएल ग्रोथ फन्ड, लुम्बिनी बैंक डिबेञ्र र प्रभु बैंक डिबेञ्चर लगायतको मुल्य घटेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।