सेयर बजारमैत्री अर्थमन्त्रीका कारण नेप्से २३ सय बिन्दुमाथि उक्लियो, सवा ९ अर्बको कारोबार

0
Shares

सेयर बजारका लागि राम्रो छवी (ट्रयाक रेकर्ड) बनाएका अर्थमन्त्री विष्णु पौडेलको प्रवेशसँगै सेयर बजार मापक परिसूचक नेप्सेमा उछाल आएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन मंगलबार नै बजार मापक सूचक नेप्सेमा ७० अंक बढीको वृद्धि भएको हो ।

दिनभरमा नेप्से ३.१३ प्रतिशत अर्थात ७०.१८ अंक बढेर २३१०.५० बिन्दुमा पुगेको छ । यसैगरी ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ३.१० प्रतिशत, फ्लोट इन्डेक्स ३.३२ प्रतिशत र सेन्सेटिभ फ्लोट ३.२९ प्रतिशतले बढेको छ ।  दिनभरमा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६४२ रुपैयाँ बराबरको कारोबार भएको छ । ३१५ कम्पनीको २ करोड ५८ लाख २६ हजार २८५ कित्ता सेयर कारोबार भएको छ ।

यसदिन पाँच ओटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर रुपैयाँ पुगको छ । आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशले बढेको छ । यसैगरी सिक्लेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, इङ्वा हाइड्रोपावर,अपि पावर, अरुण काबेली पावर, अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, हिमालय उर्जा विकास कम्पनी, मिड सोलु हाइड्रोपावर र पन्चकन्या माई हाइड्रोपारको ९ प्रतिशतभन्दा धेरैले मूल्य बढेको छ ।

उता डिबेञ्चरहरुको मूल्य घटेका छन् । १०.५०% नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२, एनआईबिएल ग्रोथ फन्ड र ११% एलबिबिएल डिबेञ्चर २०८९ को सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । यस्तै १२% आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर ८३ को मूल्य ९.६५ प्रतिशत, ११% केबिएल डिबेञ्चर २०८९ को ९.६२ प्रतिशत, १०.५०% एसबिएल डिबेञ्चर २०८९ को ९.५८ प्रतिशत, १०% प्रभु बैंक डिबेञ्चर २०८८ को मूल्य ९.१४ प्रतिशतले घटेको छ । गणपति माइक्रोफाइनान्स ८.३९ प्रतिशत र माण्डू हाइड्रोपावरको सेयर मूल्य ६.२४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावरको सबैभन्दा धेरै २१ करोड ७७ लाख ४९ हजार रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १८ करोड २७ लाख ४८ हजार, अपि पावरको १७ करोड ९३ लाख ६७ हजार, जानकी फाइनान्सको १७ करोड १७लाख ९२ हजार रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १६ करोड ७५ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण ३६ खर्ब ६६ अर्ब २३ करोड ८३ लाख ५ हजार २८९ रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।