उच्च मूल्य भएका जग्गाको कारोबार बढ्दा राजस्व ३४ करोडले बढ्यो, भक्तपुर मालपोतबाट सबैभन्दा धेरै उठ्यो

0
Shares

घर जग्गा कारोबारबाट हुुने राजस्व संकलन ३४ करोड रुपैयाँले बढेको छ । असारमा काठमाडौं, भक्तपुर र ललितपुर लगायत क्षेत्रका उच्च मूल्य भएका जग्गाको कारोबार बढ्दा राजस्व बढेको हो ।

आर्थिक वर्ष (२०८०/८१) को असारमा मात्रै ४ अर्ब ६१ करोड राजस्व संकलन भएको छ । आर्थिक वर्ष (२०७९/८०) को असारमा ४ अर्ब २७ करोड ४३ लाख राजस्व संकलन भएको थियो । जुन अघिल्लो आवको भन्दा ३४ करोड रुपैयाँले बढी हो ।

असारमा सबैभन्दा धेरै रजिस्ट्रेसन दस्तुर बापत २ अर्ब ९५ करोड ३५ लाख रुपैयाँ सकलन भएको छ भने पूँजीगत लाभकर बापत १ अर्ब ७२ करोड ४७ लाख ६८ हजार राजस्व संकलन भएको छ ।

असारमा सबैभन्दा धेरै राजस्व संकलन भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट भएको छ । भक्तपुरबाट ५१ करोड ८८ लाख १८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

ललितपुर लगनखेल मालपोतबाट ४६ करोड ६० लाख ७७ हजार राजस्व संकलन भएको छ ।

यस्तै, काठमाडौंका डिल्लीबजार मालपोत कार्यालयबाट ४० करोड ३१ लाख, कलंकी मालपोत २५ करोड २ लाख र चाबहिल मालपोत कार्यालयबाट २१ करोड ७७ लाख राजस्व संकलन भएको छ ।

यस्तै, सुनसरी इनरुवा मालपोतमा १३ करोड राजस्व संकलन हुँदा कास्कीमा १२ करोड ६५ लाख र चितवनबाट १३ करोड ०६ लाख र पर्साबाट ११ करोड ८० लाख संकलन भएको छ ।

सबैभन्दा धेरै लिखत पारित इनरुवाबाट

असारमा सबैभन्दा धेरै लिखत पारित मालपोत कार्यालय इनरुवामा भएको छ । उक्त मालपोतमा जेठमा २ हजार १ लिखत पारित भएको छ । धुनषा जनकपुरधाम मालपोत कार्यालयबाट १ हजार ८ सय १, झापा भद्रपुर १ हजार ५ सय ७९, मोरङ बेलबारीमा १ हजार ३ सय ८३ लिखत पारित भएको छ ।

यस्तै, मालपोत कार्यालय राजविराजबाट १ हजार ३ सय ८, भक्तपुर १ हजार २ सय १६, पर्सा १ हजार २ सय ४, लगनखेल १ हजार १ सय २९ लिखत पारित भएको छ ।

यस्तै, कलैया मालपोतबाट १ हजार १ सय २५ लिखत रित हुँदा सिरहा लहान १ हजार ८५, महोत्तरी जलेश्वर १ हजार ६६ र मलंगवा मालापोतबाट १ हजार ६० लिखत पारित भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।