सातौं दिनमा नेप्सेमा करेक्शन, १६ अर्बमाथिको धितोपत्र किनबेच

0
Shares

सेयर बजार परिसूचक मापक नेप्से सातौं कारोबार दिनमा घटेको छ । पछिल्लो ६ दिनमा ३२२.९९ अंकको वृद्धिपछि सातौं दिनमा २७.३२ अंकले घटेको हो । अल्पकालीन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लाग्दा बुधबार २६०० बिन्दुसम्म पुगेको नेप्से न्यूनतम २५१३ बिन्दुसम्म झरेको थियो ।

नेप्से २७.३२ अंकले घटेर २५३६.११ बिन्दुमा कारोबार बन्द भएको छ। यसदिन १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ रुपैयाँको धितोपत्र किनबेच भएको छ। ३११ कम्पनीका ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर १ लाख ८८ हजार ८६५ पटक खरिद बिक्री भएको हो । अघिल्लो दिन मंगलबार १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब ९ करोड २२ लाख रुपैयाँले बढेको हो ।

आज कारोबारमा आएका १३ उपसमूहगत परिसूचकमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ ओटा मात्रै बढेको छ । यसदिन फाइनान्स सर्वाधिक १.१६ प्रतिशत बढेको भने होटल तथा पर्यटनमुलक ०.१३ प्रतिशत बढेको छ। व्यापार सर्वाधिक ३.०९ प्रतिशत घटेको छ। त्यसैगरी बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

 

हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार

कारोबारका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ३६ करोड ७ लाख ४६ हजार रुपैयाँ बराबरको ५ लाख ४१ हजार १३४ कित्ता सेयर खरिद बिक्री भएको हो । यस्तै दोस्रो ठूलो कारोबार भएको शिवम् सिमेन्ट्सको ३४ करोड २२ लाख १७ हजार, अपर तामाकोशीको २९ करोड ४७ लाख ३३ हजार, हिमालय दोलखा हाइड्रोपावरको २३ करोड १३ लाख,सानिमा जीआईसी इन्स्योरेन्सको २२ करोड ७८ लाख रुपैयाँ बराबरको धितोपत्र किनबेच भयो ।

तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

बुधबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसदिन बोटलर्स नेपाल तराई, एशियन हाइड्रोपावर र चन्द्रागिरि हिल्स लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै समृद्धि फाइनान्सको ९.६५ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको ९.१७ प्रतिशतले मूल्य बढेको छ । साहस उर्जा ८.४६ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंक ७.६६ प्रतिशत, गुराँस लघुवित्त ६.७५ प्रतिशत, सुपर माई हाइड्रोपावर ६.६५ प्रतिशत र हाथवे इन्भेष्टमेन्टको ६.१६प्रतिशतले मूल्य बढेको छ ।

उता आजको बजारबाट चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ७.७९ प्रतिशतले गुमाएका छन् । सुपर मादी हाइड्रोपावर ६.०८ प्रतिशत, थ्रीस्टार हाइड्रोपावर ५.९१ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ५.७२ प्रतिशत र सिटिजन सुपर ३० म्युचुअल फन्डको ५.७१ प्रतिशतले घटेको छ ।

कारोबार संख्या र कारोबार कित्ताका आधारमा अपर तामाकोशीको सबैभन्दा धेरै १३ लाख ७६ हजार ७९४ कित्ता सेयर कारोबार भएको छ । उक्त सेयरहरु ५ हजार ५७९ पटक खरिदबिक्री भएका हुन् ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण ४० खर्ब २४ अर्ब ६ करोड ६३ लाख ६७ हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा बजार पुँजीकरण ४३ अर्ब ३५ करोड ५१ लाख रुपैयाँले घटेको हो । मंगलबार कुल बजार पुँजीकरण ४० खर्ब ६७ अर्ब ४२ करोड १५ लाख १७ हजार रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।