मौद्रिक नीतिपछिको सेयर बजारमा २ मिनेट नपुग्दै सकारात्मक सर्किट, २० मिनेटको लागि कारोबार बन्द

0
Shares

मौद्रिक नीतिपछि नेप्से सूचक सर्किट लागेर बन्द भएको छ।

बजार खुलेको पहिलो २ मिनेट नपुग्दै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटको लागि सेयर कारोबार बन्द भएको हो।

नेप्से १०२.६८ अंकले बढेर २६७०.८२ बिन्दुमा पुगेको छ । २०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।