बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ ।
१ युरोपियन युरो खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४९ रुपैयाँ २ पैसा, १ पाउण्ड स्टर्लिङको खरिददर १७८ रुपैयाँ २३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ३ पैसा, १ स्वीस फ्रयाङ्क खरिददर १५८ रुपैयाँ ४ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।
यस्तै राष्ट्र बैंकले १ अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ ४० पैसा र बिक्रीदर ९२ रुपैयाँ ८१ पैसा, १ क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३८ पैसा, १ सिङ्गापुर डलरको खरिददर १०३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा, चिनियाँ एक युआनको खरिददर १९ रुपैयाँ ७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै साउदी अरेबियन १ रियालको खरिददर ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८३ पैसा, कतारी १ रियालको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार १ थाई भाटको खरिददर ४ रुपैयाँ १० पैसा र बिक्रीदर ४ रुपैयाँ १२ पैसा, १ युएई दिरामको खरिददर ३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा कायम छ ।
साउथ कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, १ स्वीडिस क्रोनरको खरिददर १३ रुपैयाँ ११ पैसा र बिक्रीदर १३ रुपैयाँ १७ पैसा र १ डेनिस क्रोनरको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले १ हङ्कङ डलरको खरिददर १७ रुपैयाँ २१ पैसा र बिक्रीदर १७ रुपैयाँ २९ पैसा, १ कुवेती दिनार एकको खरिददर ४ सय ३८ रुपैयाँ ९ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६ पैसा, १ बहराइन दिनार एकको खरिददर ३ सय ५४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३ सय ५६ रुपैयाँ ५५ पैसा तोकेको छ ।
यस्तै १०० भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।