सोमबार पनि घट्यो सुनको भाउ


सुनको भाउ सोमबार पनि घटेको छ । साताको पहिलो कारोबार दिन आज आइतबार ४०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला ५०० रुपैयाँ घटेको हो ।

सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएका थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस सुन २ हजार ६४९ दशमलव २५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३२ दशमलव २० डलरमा कारोबार भइरहेको छ ।