मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढ्यो


दसैँपछि सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको हो ।

सोमबार छापावाला सुनको मूल्य एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज चाँदी प्रतितोला दुई हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी २ हजार ९५ रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७३४.८१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३४.१८ डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।