आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


आशा लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आशा लघुवित्तले कात्तिक २५ गते, आइतबार, बुकक्लोज गर्दैछन्।

कात्तिक २२ गते छठको बिदा भएकोले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले  कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
आशा लघुवित्त वित्तीय संस्थाले भने मंसिर ७ गते, शुक्रबार, होटल उग्रचण्डी, बनेपा–७, बनेपा बजार, काभ्रेपलाञ्चोकमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभा दिउँसो ३ बजे शुरु हुनेछ।

सभाले १४।२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।७५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति: २१ कात्तिक २०८१, बुधबार  ०७ : १५ बजे