सुनको भाउ तोलाको दुई हजार रुपैयाँले बढ्यो


सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको छ । अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै एकैदिन प्रतितोला ४ हजार घटेको सुनको भाउ शुक्रबार दुई हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । बिहीबार अघिल्लो दिन प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९६० रुपैयाँ रहेको चाँदी आज १ हजार ९८० रुपैयाँमा कायम भएको छ ।

डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएका हो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६६०.११ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.१४ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ कात्तिक २०८१, शुक्रबार  १० : ४० बजे