घोराही सिमेन्ट नोक्सानमा


काठमाडौँ । घोराही सिमेन्टले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५१ करोड ३७ लाख ७४ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ८८ लाख २३ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो ।

असोज मसान्तसम्ममा उत्पादन बिक्रीबाट हुने आम्दानी २४.९० प्रतिशतले घटेर ६६ करोड ८४ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २५ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ६३ पैसा छ । घोराही सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ छ ।

प्रकाशित मिति: ३० कात्तिक २०८१, शुक्रबार  ०८ : २७ बजे