समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड


काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो। ३५ हजार ९० आवेदकले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्।

यसरी बाँडफाँड गर्दा शेष रहेको ४.२५ कित्ता शेयर १ कित्ताका दरले ४ जनालाई र ०.२५ कित्ता एक जनालाई बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।सो शेयरमा कुल १३ लाख ४८ हजार ९१२ आवेदकमार्फत १ करोड ९६ लाख ९६ हजार १८० कित्ता शेयरका लागि आवेदन परेको थियो। जसमध्ये १ हजार ३९९ आवेदन रद्द भएका छन् भने १३ लाख ४७ हजार ५१३ आवेदन स्वीकृत भएका छन्।

लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशन गरेको थियो।

प्रकाशित मिति: ३० कात्तिक २०८१, शुक्रबार  ११ : २३ बजे