सुनको भाउ दुई दिनको अवधिमा प्रतितोला २१ सय रुपैयाँ बढेको छ । सोमबार एक हजार रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एक हजार एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९२० रुपैयाँ रहेको चाँदी आज १ हजार ९५५ रुपैयाँमा कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
प्रतिक्रिया