सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । सोमबार एक हजार रुपैयाँले बढेको सुनको मूल्य मंगलबार एक हजार एक सय रुपैयाँले बढेको थियो । आज भने सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै अघिल्लो दिन प्रतितोला १ हजार ९५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९५० रुपैयाँमा कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३६.८२ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.१७ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया