काठमाडौँ । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा नेपालले ‘बीबी माइनस’ रेटिङ ग्रेड पाएको छ । अन्तर्राष्ट्रिय एजेन्सी ‘फिच क्रेडिट रेटिङ’ले उक्त नतिजा प्रदान गरेको हो ।
नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानी मैत्री र उन्नत रहेको संकेत गरेको छ। यो नतिजा भारतको भन्दा दुई स्थान तल हो । यद्यपि दक्षिण एसियाका अरु राष्ट्रहरुभन्दा बढी ९राम्रो० हो ।
नेपालमा विदेशी मुद्रा सञ्चिति बलियो अवस्थामा रहेको, आर्थिक गतिविधि चलायमान बन्ने संकेत देखिएकाले आर्थिक वृद्धिदरमा सकारात्मक वृद्धि हुने अनुमानका आधारमा उक्त रेटिङ प्रदान गरेको हो ।
शाख मूल्यांकन प्रक्रियाअन्तर्गत स्थलगत अध्ययनका लागि ‘फिच क्रेडिट रेटिङ’को टोली गत भदौ अन्तिम साता नेपाल आएको थियो । सोही मूल्यांकनपछि अहिले नतिजा सार्वजनिक गरेको हो ।
क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता उच्च रहेको, वित्तीय तथा आर्थिक क्षमता सवल रहेको र अन्तर्राष्ट्रिय वजारबाट ऋण लिनु पर्दा न्यून व्याजदरमा ऋण प्राप्त गर्न सक्ने अवस्था सिर्जना गरेको छ । यसले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न र वैदेशिक लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने देखिन्छ ।
प्रतिक्रिया