सामूदायिक रेडियोहरूको छाता संगठन सामूदायिक रेडियो प्रसारक संघ नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रालिबिच सम्झौता सम्पन्न भएको छ।
देशै भरि संचालित सामूदायिक रेडियोहरूको व्यवसायिक क्षमता अभिबृद्धि र वित्तिय श्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्यले लागि दुबै सस्था बिच सहमती भएको हो।
संघको केन्द्रिय कार्यालय ललितपुर चाकुपाट स्थित कार्यालयमा मिति २०८१ मंसिर १३ गते सम्झौता भएको हो। सम्झौता पत्रमा सामूदायिक रेडियो प्रसारक संघको तर्फबाट अध्यक्ष अर्जुन गिरी र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट प्रवन्ध संचालक रमेश कुमार भट्टराईले हस्ताक्षर गरे ।
सामूदायिक रेडियो प्रसारक संघ, देशैभरि संचालित गैर नाफामूलक सामूदायिक रेडियोहरूको छाता संगठन हो। संघको नेटवर्कमा अहिले ३५० वटा भन्दा बढी रेडियोहरू आवद्ध छन। संघले आफ्ना सदस्य रेडियोहरूको सुसंचालन, वित्तिय श्रोतहरूको परिचालन, सूचना प्रवाह र तालिमहरूमा सहयोग प्रदान गर्दै आईरहेको छ।
नेक्सजेन म्यानेजमेन्ट २०८१ बैशाख देखि बिशेषज्ञ सेवा दिने गरि संचालित कम्पनी हो।
प्रतिक्रिया