एङ्कर वाई प्यानासोनिकले बजारमा ल्यायो जिभा स्वीच सकेट


विद्युतीय निर्माण सामग्री क्षेत्रको अग्रणी एङ्कर वाई पानासोनिकले जिभा स्वीच सकेटका उत्पादन नेपाली बजारमा ल्याएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी १५० प्रमुख बिक्रेता र उद्योगका सरोकारवालाहरुको सहभागितामा उत्पादन लञ्च गरेको हो ।

एङ्कर बाई पानासोनीक, भारतका योशियुकी काटो, श्री विशाल नाङ्गलिया, र श्री सुनसुके मिजोले जिभा उत्पादनका स्वीच सकेटहरुको बारेमा जानकारी गराएका थिए । उनीहरूले वस्तुको गुणस्तर, नवीनता, र खुद्रा विक्रेता र उपभोक्ताहरूलाई समान रूपमा मूल्य प्रदान गर्न ब्रान्डको प्रतिबद्धता लाई जोड दिएका थिए ।

अत्याधुनिक प्रविधि र आधुनिक सौन्दर्यशास्त्रका साथ डिजाइन गरिएको जिभाले स्थायित्व कार्यक्षमता र शैलीलाई प्रतिनिधित्व गर्दै ग्राहकहरूको बिलाशीताको आवश्यकताहरू पूरा गर्ने कम्पनीले जनाएको छ ।

विद्युतीय क्षेत्रमा अग्रणी ब्रान्डको रूपमा आफ्नो स्थानलाई सुदृढ गर्दै पावर व्यवसायमाआफुलाई बजारमासुदृढ पार्ने उद्देश्यले यो उत्पादन प्रक्षेपण गरिएको बताइएको छ । यसले कम्पनीको डिलर र रिटेलर सञ्जाललाई नेपालभर विस्तार गरेको छ भने प्रतिस्पर्धी मूल्यमा उच्च गुणस्तरका उपकरणहरू प्रस्तुत गरेको कम्पनीको दाबी छ ।

कार्यक्रममा बोल्दै योशियुकी काटोले भने, “जिभा उत्पादनले विद्युतीय निर्माण सामग्री उद्योगमा उत्कृष्टता प्रदान गरेको छ । जिभाको उत्पादनले बिद्युतीय क्षेत्रमा नौलो आयाम परिभाषित गर्र्दै प्रिमियम उत्पादनहरू ग्राहक समक्ष प्रस्तुत गर्ने हाम्रो प्रतिबद्धतालाई मूर्त रूप दिएको छ । हामी विश्वस्त छौं कि यो प्रक्षेपणले नेपालको बजार, विकास र नव प्रवर्तनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ ।”

विशाल नाङ्गलियाले थपे, “हाम्रो लक्ष्य भनेको एङ्कर प्यानासोनिक ब्रान्डसँग गहिरो सम्बन्ध प्रवर्दन गर्दै हाम्रा खुद्रा विक्रेता र उपभोक्ताहरूलाई सशक्त बनाउने समाधानहरू प्रदान गर्नु हो । जिभाले आजको बजारको विविध आवश्यकताहरू पूरा गर्ने हाम्रो समर्पणलाई प्रतिनिधित्व गर्दछ ।”

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार  १८ : २० बजे