शुक्रबार सुनको भाउ ६०० रुपैयाँले घटेको छ । बिहीबार ३०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार ६०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६४२.३९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.४१ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया